शोएब मलिकले गरे अभिनेत्री सना जावेदसँग विवाह

सफल खबर संवाददाता

शनिबार, ०६ माघ २०८०, १३ : १६
शोएब मलिकले गरे अभिनेत्री सना जावेदसँग विवाह

एजेन्सी । सानिया मिर्जासँगको सम्बन्ध बिग्रँदै गएको अनुमानका बीच शोएब मलिकले पाकिस्तानी अभिनेत्री सना जावेदसँग विवाह गरेका छन् ।

पाकिस्तानका पूर्व क्रिकेट कप्तान शोएब मलिकले आफैंले आफ्नो इन्स्टाग्राम च्यानलमा यो विवाहको तस्विर पोस्ट गरेका छन् ।

२८ वर्षीया सना जावेद पाकिस्तानका धेरै शो र म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । जबकि ४२ वर्षीय शोएब मलिकले पाकिस्तानका लागि २८७ ओडीआई, १२४ टी–२० र ३५ टेस्ट खेल खेलेका छन् । उनी सन् २००७ मा पाकिस्तानी टोलीको कप्तान बनेका थिए ।

तीन दिन अघि अर्थात् बुधबार सानिया मिर्जाले एक अस्पष्ट सन्देश पोस्ट गरेकी थिइन् । त्यसपछि उनको शोएब मलिकसँगको सम्बन्ध बिग्रिएको वा दुवैको सम्बन्ध विच्छेद भएको हुनसक्ने अनुमान सुरु भएकाे थियाे ।

सानियाले लेखेकी थिइन्, ‘विवाह र सम्बन्धविच्छेद दुवै गाह्रो छ, तपाईले आफ्नो कठिन विकल्प रोज्नुपर्छ ।'

सानियाले सन् २०१० मा शोएब मलिकसँग विवाह गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस