गुजरातमा डुंगा पल्टिँदा १२ बालबालिकासहित १४ जनाको मृत्यु

एजेन्सी

शुक्रबार, ०५ माघ २०८०, ०७ : ४९
गुजरातमा डुंगा पल्टिँदा १२ बालबालिकासहित १४ जनाको मृत्यु

एजेन्सी । भारतको गुजरातमा डुङ्गा पल्टिँदा १४ जनाको ज्यान गएको छ ।

वडोदराको हरनी तालमा हिजो भएको दुर्घटनामा १२ जना बालबालिका र दुई जना शिक्षकको ज्यान गएको बीबीसीले जनाएको छ । 

दुर्घटनामा छ जना बेपत्ता भएका छन् । डुङ्गामा २७ जना रहेकामा सात जनालाई उद्धार गरेर अस्पतालमा भर्ना गरिएको समाचारमा उल्लेख छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।