बागलुङमा दुर्गा प्रसाईंमाथि हातपात

सफल खबर संवाददाता

विहीबार, ०४ माघ २०८०, १५ : २४
बागलुङमा दुर्गा प्रसाईंमाथि हातपात

पोखरा । बागलुङमा दुर्गा प्रसाईँमाथि मुक्का प्रहार भएको छ । ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ आएका प्रसाईँमाथि बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का हानेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार प्रसाईँ मञ्चमा उक्लने क्रममा गौतमले मुक्का प्रहार गरेका हुन् । गौतमलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीले बताए ।