काठमाडौं। कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा साढे दुई वर्षपछि फेरि आफ्नै निजी निवासमा सरेका छन् ।२०७८ असार २९ ग ते प्रधानमन्त्री भएपछि २०७९ पुस १० सम्म प्रधानमन्त्री निवास बालुवाटारमा र त्यसपछि एक वर्ष भाडाको घरमा बसेपछि देउवा आफ्नै निजी निवासमा सरेका हुन् ।
प्रधानमन्त्रीबाट हटेपछि काठमाडौंबाट धुम्बाराहीमा भाडाको घरमा बस्दै आएका थिए ।तर बुधवार बिहान साढे ११ बूढानीलकण्ठस्थित आफ्नै निवासमा सरेको जानकारी उनका प्रेस संयोजक गोविन्द परियारले दिए ।
‘अघिल्लो वर्ष प्रधानमन्त्रीबाट हटेलगत्तै सभापतिजी बालुवाटारबाट धुम्बाराहीस्थित भाडाको घरमा बस्नुभएको थियो’, परियारले भने, ‘घर मर्मत सकिएपछि बुधबार बिहान साढे ११ बजे सभापति र उहाँको परिवार बूढानीलकण्ठ निवासमा सरेको हो । अब उहाँहरू नियमित बूढानीलकण्ठमै बस्नुहुन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ माघ २०८०, १५ : ५१
लेखकबाट थप