त्रिभुवन विश्वविद्यालय ध्वस्त पार्न केही समूह नियोजित रूपमा लागेका छन् : उपकुलपति डा.भुसाल

सफल खबर संवाददाता

बुधबार, ०३ माघ २०८०, १४ : ३४
त्रिभुवन विश्वविद्यालय ध्वस्त पार्न केही समूह नियोजित रूपमा लागेका छन् : उपकुलपति डा.भुसाल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. शिवलाल भुसालले केही बाहिरी समूह विश्वविद्यालयलाई नियोजित रूपमा ध्वस्त पार्न लागिपरेको आरोप लगाएका छन् । बुधबार राष्ट्रिय सभा अन्तरगत रहेको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा सांसदहरूले सोधेको प्रश्नमा त्रिविप्रति नकारात्मक भाष्य निर्माण गर्ने काम भइरहेको बताएका हुन् ।

उपकुलपति भुसालले भने, 'केही समूह नियोजित ढङ्गले त्रिविलाई खुइल्याउन लागेका छन् । यसलाई ध्वस्त नपारेसम्म अर्को विश्वविद्यालय खोल्न सकिँदैन भनेर नियोजित ढङ्गले लागेका छन् । केही विश्वविद्यालय खुल्ने पाइपलाइनमा रहेको पनि थाहा पाएकाे छु ।'

उनले अहिले विदेश जाने लहर चलेकोले त्यसको सबै दोष त्रिविलाई लगाउन नहुने बताए । त्रिविमा विद्यार्थी घटेको भनेर मिडियामा अनावश्यक हल्ला चलाइएको बताउँदै अहिले ३० हजार विद्यार्थीले पढिरहेको जानकारी गराए ।

 उनले विद्यार्थीले पढ्ने विषयमा रुचि फेरिएको बताउँदै मानविकी लगायतमा विद्यार्थी कम भए पनि अहिले विद्यार्थीहरू व्यवस्थापन र आईटी विषयमा धेरै रहेको बताए ।

प्रतिक्रिया दिनुहोस