खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी छ : उपप्रधानमन्त्री खड्का

सफल खबर संवाददाता

बुधबार, ०३ माघ २०८०, १४ : ३१
खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी छ : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले खेलकुदको भौतिक पूर्वाधारहरु तिब्र गतिमा अघि बढाउन नसकेको बताएका छन् । बुधबार ललतिपुरमा आयोजित १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । विगतका कमी,कमजोरीबाट पाठ सिकेर खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी रहेको बताए ।

उनले नेपालको खेलकुद विकास, खेलाडीको उन्नतिका लागि प्रोत्साहित गर्न जरुरी रहेको बताए । उनले संघ, प्रदेश र स्थानीय तहले आफ्ना श्रोतलाई खेलकुद विकास र खेलाडीको संरक्षणमा प्रयोग गर्नुपर्ने बताए । उनले सरकारले खेलाडीमा थप लगानी गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस