काठमाडौँ। मधेश प्रदेश सरकारले आज स्वाभिमान दिवस मनाउँदै छ । प्रदेश २ बाट मधेश प्रदेश नामकरण भएको दिनको सम्झनामा स्वाभिमान दिवस मनाउन लागिएको हो ।
२०७८ साल माघ ३ गते साविकको प्रदेश नम्बर २ को नाम मधेश प्रदेश नामकरण गरिएको थियो । यस्तै, प्रदेशको स्थायी राजधानी जनधपुरधाम बनाइएको थियो ।
गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आज स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो ।
यस्तै, बैठकले माघ ५ गते बलिदानी दिवस मनाउने निर्णय पनि गरेको छ । उक्त दिन वीरगञ्जमा कार्यक्रम गरी मधेश आन्दोलनसहित परिवार र घाइतेलाई आर्थिक सहयोग गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ माघ २०८०, ०९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
मधेशबाट काँग्रेसको निर्वाचन तयारी औपचारिक रूपमा प्रारम्भ हुने
मधेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदै
मधेशका सभामुख यादवद्वारा पदभार ग्रहण
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त