राष्ट्रियसभा सदस्य निर्वाचन : आचारसंहिता लागु

सफल खबर संवाददाता

बुधबार, ०३ माघ २०८०, ०७ : ४९
राष्ट्रियसभा सदस्य निर्वाचन : आचारसंहिता लागु

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति जारी गरेको आचारसंहिता लागु भएको छ ।

गएराति १२ बजेबाट लागु भएको आचारसंहित माघ १२ गते अर्थात् राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म लागु हुनेछ ।

आचारसंहिता सरोकारवाला सबै व्यक्ति, निकाय र अधिकारीलाई लागु हुने निर्वाचन आयोगले जनाएको छ । यो अवधिमा सार्वजनिक स्रोतसाधन र सम्पत्ति कुनै दल वा उमेदवारको पक्षरविपक्षमा हुने गरी प्रयोग गर्नरगराउन पाइने छैन ।

निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न, कुनै किसिमले थपघट गर्नरगराउन नहुने आयोगले जनाएको छ ।