एक सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदै छ कारोबार ?

सफल खबर संवाददाता

मंगलबार, ०२ माघ २०८०, १२ : २४
एक सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन प्रतितोला १ लाख १९ हजार ४ सय रुपैयाँमा कारोबार हुँदै छ । अघिल्लो दिन ३ सय रुपैयाँले बढेर १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले घट्न पुगेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक सय रुपैयाँले नै घट्दै प्रतितोला १ लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो ।