स्तरोन्नतिपछि पनि ‘ड्युटी फ्री कोटा’लाई निरन्तरता दिन मन्त्री रिजालको आग्रह

सफल खबर संवाददाता

सोमबार, ०१ माघ २०८०, १५ : १५
स्तरोन्नतिपछि पनि ‘ड्युटी फ्री कोटा’लाई निरन्तरता दिन मन्त्री रिजालको आग्रह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले स्तरोन्नतिको सहज र दिगोपनका लागि सुविधा निरन्तरताको माग गरेका छन् । विश्व व्यापार संगठनको आयोजनामा आगामी १४-१७ फागुनसम्म आबुधावीमा आयोजना हुने तेह्रौँ मन्त्रीस्तरीय सम्मेलनको पूर्वसन्ध्यामा आयोजित एलडीसीका व्यापार मन्त्रीहरूको बैठकमा मन्त्री रिजालले सो माग गरेका हुन् ।

नेपाल सन् २०२६ पछि अतिकमविकसित मुलुकबाट विकाससिल मुलुकमा स्तरोन्नति हुँदैछ । सोही सन्दर्भमा नेपालले अहिले पाइरहेका सुविधाहरूको निरन्तरताको माग गरेको छ ।

उनले ड्युटी फ्री कोटा, फ्रि मार्केट एक्सेस, विशेष व्यवस्थासहितका अहिले पाइरहेका सुविधालाई केही निश्चित अवधिसम्मका लागि निरन्तरता दिनु पर्ने विषयमा जोड दिएका छन् । मन्त्रालयका अनुसार नेपालसँगै स्तरोन्नति हुन लागेका अन्य मुलुकसँगको सहकार्यमा समेत जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस