काठमाडौँ। नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘उज्ज्वल’ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनलाई पार्टीमा स्वागत गरे । खड्का पूर्वराष्ट्रिय सभा सदस्यसमेत हुन् ।
खड्का एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीसँगै नेकपाकालपछि एमालेमा बसेका हुन् । उनी माओवादीको युद्धकालीन समयदेखि नै विशेष जिम्मेवारी लिएका नेता हुन् । पछिल्लो समय एमालेले उपयुक्त जिम्मेवारी नदिएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । रायमाझी नक्कली भुटानी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेपछि खड्का एमालेको कुनै पनि कार्यक्रममा देखिएका थिएनन् ।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको कार्यक्रम उद्घाटनपछि माओवादी केन्द्रको प्रशिक्षण तथा पार्टी प्रवेशमा उनी पनि उपस्थित छन् । ‘प्रचण्ड’ प्रशिक्षण कार्यक्रमलाई करिब ४० मिनेट सम्बोधन गरेर काठमाडौँ फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ माघ २०८०, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)