काठमाडौँ। नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘उज्ज्वल’ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनलाई पार्टीमा स्वागत गरे । खड्का पूर्वराष्ट्रिय सभा सदस्यसमेत हुन् ।
खड्का एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीसँगै नेकपाकालपछि एमालेमा बसेका हुन् । उनी माओवादीको युद्धकालीन समयदेखि नै विशेष जिम्मेवारी लिएका नेता हुन् । पछिल्लो समय एमालेले उपयुक्त जिम्मेवारी नदिएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । रायमाझी नक्कली भुटानी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेपछि खड्का एमालेको कुनै पनि कार्यक्रममा देखिएका थिएनन् ।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको कार्यक्रम उद्घाटनपछि माओवादी केन्द्रको प्रशिक्षण तथा पार्टी प्रवेशमा उनी पनि उपस्थित छन् । ‘प्रचण्ड’ प्रशिक्षण कार्यक्रमलाई करिब ४० मिनेट सम्बोधन गरेर काठमाडौँ फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ माघ २०८०, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक र लोकतान्त्रिक उपलब्धि रक्षाका लागि संवादमा आउन राजनीतिक दलहरूलाई एमालेको अपिल
भरतपुरमा एमाले पार्टी कार्यालयमा आगजनी
एमालेको केन्द्रीय कार्यालयमा आगजनी
एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप
ओलीको झोले नबन्ने भन्दै एमाले छोड्नेको लर्काे
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प