काठमाडौँ । चालु आर्थिक वर्षको आधा समय सकिँदा सरकारले ५१५ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ । अर्थ मन्त्रालयका अनुसार पुस मसान्तसम्म सरकारले कुल ६६८ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । यसको ७७ प्रतिशत संकलन ६ महिनामा भएको छ ।
पुस महिनामा मात्र १३४ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यो महिनामा आयकरको पहिलो किस्ता (४० प्रतिशत) संकलन हुन्छ । सोहीकारण सरकारले १८८ अर्ब रुपैयाँ संकलन हुने लक्ष्य राखेको थियो । तर, संकलन भने ५४ अर्ब रुपैयाँ कम भएको छ ।
राजस्व संकलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा भने १२ प्रतिशत हाराहारीले बढी भएको मन्त्रालयले जनाएको छ । गत वर्ष पुस मसान्तसम्म ४ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व उठेको थियो ।
सरकारले चालु आवमा १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । यस वर्ष सरकारले गत आवको तुलनामा ४० प्रतिशतभन्दा माथिको वृद्धिदर हुने अनुमानसहित लक्ष्य निर्धारण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ माघ २०८०, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घरजग्गा कारोबारबाट माघ महिनामा पाँच अर्ब राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय हेटौँडाबाट असी करोड राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व उल्लेख्य वृद्धि
जनकपुरधाम कार्यालय मर्मतपछि राजस्व सङ्कलन सुरु
जनकपुरधाम कार्यालय मर्मतपछि राजस्व सङ्कलन सुरु
हेटौँडा उपमहानगर : एकै महिनामा तीन करोड ५० लाख राजस्व