काठमाडौँ । चालु आर्थिक वर्षको आधा समय सकिँदा सरकारले ५१५ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ । अर्थ मन्त्रालयका अनुसार पुस मसान्तसम्म सरकारले कुल ६६८ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । यसको ७७ प्रतिशत संकलन ६ महिनामा भएको छ ।
पुस महिनामा मात्र १३४ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यो महिनामा आयकरको पहिलो किस्ता (४० प्रतिशत) संकलन हुन्छ । सोहीकारण सरकारले १८८ अर्ब रुपैयाँ संकलन हुने लक्ष्य राखेको थियो । तर, संकलन भने ५४ अर्ब रुपैयाँ कम भएको छ ।
राजस्व संकलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा भने १२ प्रतिशत हाराहारीले बढी भएको मन्त्रालयले जनाएको छ । गत वर्ष पुस मसान्तसम्म ४ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व उठेको थियो ।
सरकारले चालु आवमा १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । यस वर्ष सरकारले गत आवको तुलनामा ४० प्रतिशतभन्दा माथिको वृद्धिदर हुने अनुमानसहित लक्ष्य निर्धारण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ माघ २०८०, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेटौँडा उपमहानगर : एकै महिनामा तीन करोड ५० लाख राजस्व
यातायात कार्यालयको राजस्व सङ्कलन बढ्यो
बुटवलका २ व्यापारीविरुद्ध राजस्व छली मुद्दा दायर
सवारी कारबाहीबाट खोटाङमा झण्डै ५० लाख राजस्व सङ्कलन
यातायात कार्यालय नवलपरासीबाट २८ करोड बढी राजस्व सङ्कलन
गत वर्ष भन्दा १ खर्ब २० अर्ब राजस्व वृद्धि