काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको लाइन जडान गर्ने निर्णय गरेको छ। शुक्रबार बिहान बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएबापत महसुल बक्यौता नतिरेको भन्दै काटिएको लाइन जडान गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को मंगलबारको बैठकले लाइन जोड्न निर्देशन दिएको थियो। तर, प्राधिकरणको सञ्चालक समितिले भने मन्त्रालयबाट पत्र नआएको भन्दै लाइन जोडेको थिएन ।बिहीबार ऊर्जा मन्त्रालयबाट पत्र प्राप्त भएपछि ऊर्जामन्त्री एवं प्राधिकरण संचालक समितिका अध्यक्ष शक्तिबहादुर बस्नेतको सहभागितामा शुक्रबार सञ्चालक समितिको बैठक बसेको थियाे। बैठकले सरकारबाट निर्णय नभइन्जेलसम्मका उद्योगहरुमा बिजुलीको लाइन जोडिदिने निर्णय गरेकाे हाे ।
डेडिकेटेड फिडर तथा ट्रंक लाइन सम्बन्धी बिजुलीको बक्यौता नतिरेको भन्दै प्राधिकरणले २४ उद्योगको लाइन काटेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ पुस २०८०, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त
चितवनको विद्युत् आपूर्ति समस्या शतप्रतिशत समाधान भयो: नेपाल विद्युत प्राधिकरण
विद्युत प्राधिकरण चितवनको डिजिटल बाेर्डमा प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक शब्द– सीडीओले सोधे स्पष्टीकरण
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण
पछिल्लो ६ महिनामा ११ अर्बभन्दा बढी नाफा गरेको प्राधिकरणको दाबी
विद्युत प्राधिकरणमा खुल्यो १०८३ जनालाई स्थायी रोजगारी