काठमाडौँ । चितवनको विद्युत् आपूर्ति समस्या समाधान भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले भरतपुर महानगरपालिका वडा नं. १३ देवनगरबाट सिधै जगतपुरमा ११ केभीको फिडरमार्फत विद्युत आपूर्ति गर्न थालेपछि चनौली वितरण केन्द्रको लोड घटेको छ ।
भरतपुरबाट चनौली ३३ केभीएको प्रसारण लाइन पठाइएको छ । त्यसले नधानेकै कारण आपूर्तिमा समस्या आएको थियो । बुधबारबाट भने देवनगरबाट जगतपुर, शुक्रनगर तथा माडी जाने विद्युतको आपूर्ति हुन थालेपछि चनौली माथि परेको लोडको दबाब कम भएको विद्युत प्राधिकरण बागमती प्रदेशले जनाएको छ ।
चनौली वितरण केन्द्रले लोडसेडिङको झल्को दिने गरी साउन १० गते साँझ विद्युत आपूर्ति कटौतीको सूचना जारी गरेको थियो । लोडसेडिङ गरेको भनेर तीव्र आलोचना भएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आफैँ साउन १२ गते चितवन आए र अवस्थाबारे जानकारी लिएर समस्या समाधानको निर्देशन दिएका थिए ।
पूर्वी चितवनका टाँडी वितरण केन्द्र तथा खैरहनीको चैनपुर वितरण केन्द्रलाई राप्तीको हर्दी सबस्टेशनबाट विद्युत आपूर्ति थालिएको छ । पूर्वी चितवनमा पनि पटक पटक लाइन जाने समस्या थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ साउन २०८२, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त
विद्युत प्राधिकरण चितवनको डिजिटल बाेर्डमा प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक शब्द– सीडीओले सोधे स्पष्टीकरण