काठमाडौँ । चितवनको विद्युत् आपूर्ति समस्या समाधान भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले भरतपुर महानगरपालिका वडा नं. १३ देवनगरबाट सिधै जगतपुरमा ११ केभीको फिडरमार्फत विद्युत आपूर्ति गर्न थालेपछि चनौली वितरण केन्द्रको लोड घटेको छ ।
भरतपुरबाट चनौली ३३ केभीएको प्रसारण लाइन पठाइएको छ । त्यसले नधानेकै कारण आपूर्तिमा समस्या आएको थियो । बुधबारबाट भने देवनगरबाट जगतपुर, शुक्रनगर तथा माडी जाने विद्युतको आपूर्ति हुन थालेपछि चनौली माथि परेको लोडको दबाब कम भएको विद्युत प्राधिकरण बागमती प्रदेशले जनाएको छ ।
चनौली वितरण केन्द्रले लोडसेडिङको झल्को दिने गरी साउन १० गते साँझ विद्युत आपूर्ति कटौतीको सूचना जारी गरेको थियो । लोडसेडिङ गरेको भनेर तीव्र आलोचना भएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आफैँ साउन १२ गते चितवन आए र अवस्थाबारे जानकारी लिएर समस्या समाधानको निर्देशन दिएका थिए ।
पूर्वी चितवनका टाँडी वितरण केन्द्र तथा खैरहनीको चैनपुर वितरण केन्द्रलाई राप्तीको हर्दी सबस्टेशनबाट विद्युत आपूर्ति थालिएको छ । पूर्वी चितवनमा पनि पटक पटक लाइन जाने समस्या थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ साउन २०८२, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त
विद्युत प्राधिकरण चितवनको डिजिटल बाेर्डमा प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक शब्द– सीडीओले सोधे स्पष्टीकरण
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण
पछिल्लो ६ महिनामा ११ अर्बभन्दा बढी नाफा गरेको प्राधिकरणको दाबी
विद्युत प्राधिकरणमा खुल्यो १०८३ जनालाई स्थायी रोजगारी
उद्योगमा तत्काल लाइन नकाट्ने प्राधिकरणको निर्णय