काठमाडौँ । सरकारले ‘सुन्तला’ लाई ‘राष्ट्रिय फलफूल’ घोषणा गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेश निकायस्तर कृषि पदाधिकारी र सरोकारवालासँग छलफल गरी ‘सुन्तला’ लाई ‘राष्ट्रिय फलफूल’ घोषणा गर्ने तयारी गर्ने भएको हो ।
२४ पुस मंगलबार ‘सङ्घ, प्रदेश र स्थानीय तह (समन्वयन तथा अन्तरसम्बन्ध) ऐन २०७७’ को व्यवस्था अनुसारको विषयगत समितिको बैठकमा सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने छलफल भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा र कृषि क्षेत्रमा लगानी दशकको घोषणा गर्ने तयारीबारे प्रदेश सरकारका कृषि मन्त्री र सचिवहरूसँग छलफल गरेको थियो ।
मुलुकभर अमिलो जातको फलफूल ४८ हजार हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । सो क्षेत्रफलबाट साढे दुई लाख मेट्रिक टन बराबरअमिलो जातको फलफूल उत्पादन हुन्छ । सुन्तलालाई पनि अमिलो जात अन्तर्गत नै राखिएको मन्त्रालयले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ पुस २०८०, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नमूना बगैँचा बनाउन किसानलाई सुन्तलाका बिरुवा वितरण
म्याग्दीमा सुन्तला उत्पादन २५ प्रतिशतले बढ्यो
नवलपुरमा ९ करोडको सुन्तला उत्पादन
सुन्तला बिक्रीबाट पाल्पामा भित्रियो ५२ करोड ७६ लाख
गण्डकीमा चार अर्बभन्दा बढीको सुन्तला उत्पादन
बागलुङमा रु २६ करोड ४६ लाखको सुन्तला बिक्री