खाद्य व्यवस्थाले माग्यो विभिन्न तहका लागि आवेदन

सफल खबर संवाददाता

शुक्रबार, २७ पुस २०८०, ०७ : ३९
खाद्य व्यवस्थाले माग्यो विभिन्न तहका लागि आवेदन

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै कम्पनीले नवौँदेखि चौथो तहसम्मका  लागि दरखास्त मागेको हो । 

कम्पनीले खुला तथा आन्तरिक प्रतिस्पर्धाका आधारमा रिक्त पदपूर्ति गरिने जनाएको छ । आन्तरिक र खुला प्रतिस्पर्धाका लागि छुट्टाछुट्टै सूचना निकालिएको छ । 

तोकिएको दस्तुर तिरेर माघ १८ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर भने माघ २५ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस