छुट्टाछुट्टै स्थानमा ३ जना मृतावस्थामा फेला

सफल खबर संवाददाता

विहीबार, २६ पुस २०८०, १२ : ४०
छुट्टाछुट्टै स्थानमा ३ जना मृतावस्थामा फेला

काठमाडौं । विभिन्न जिल्लामा तीन जना मृतावस्थामा फेला परेका छन्  । प्रहरीका अनुसार काभ्रेको पाँचखाल नगरपालिका-२ अनैकोट घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ मलरा बस्ने ६२ वर्षीय विश्वनाथ घिमिरे काभ्रे भुम्लु गाउँपालिका-६ आँपघाटस्थित सुनकोशी नदीमा मृत अवस्थामा फेला परेका छन् । पुस १८ गतेदेखि हराएका उनको खोजी गर्ने क्रममा उक्त नदीमा शव फेला परेको हो । 

यसैगरी लमजुङको सुन्दरबजार नगरपालिका-९ धारापानीस्थित मर्स्याङ्दी नदीको किनारमा अन्दाजी ६५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन्  कपिलवस्तुको शिवराज नगरपालिका-५ बालापुर मोडस्थित कलभर्टमा पनि अन्दाजी ५५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस