चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन निर्देशन

सफल खबर संवाददाता

बुधबार, २५ पुस २०८०, १४ : ५८
चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन निर्देशन

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालल चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन निर्देशन दिइसकेको बताएका छन्  । संसद सचिवालयमा आज भएको प्रतिनिधिसभाअन्तर्गतको कृषि समितिमा मन्त्री भुसालले उक्त जानकारी दिएका हुन् ।

बैठकमा समिति सभापति आरजू राणा देउवाले मन्त्रीलाई किसानको रकम भुक्तानीका विषयमा प्रश्न गरेकी थिइन् । त्यसको जवाफ दिँदै मन्त्री भुसालले दुग्ध विकास संस्थान र अन्य निजी दुग्ध कम्पनीलाई चैतभित्र किसानलाई भुक्तानी दिन निर्देशन दिइएको बताए ।

 

प्रतिक्रिया दिनुहोस