काठमाडौँ । कर्णाली प्रदेशबाट राष्ट्रिय सभामा उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका उम्मेदवार विष्णु विश्वकर्माविरुद्ध उजुरी गरेको छ । सत्तारुढ गठबन्धनकातर्फबाट दलित समूहतर्फ आइतबार उम्मेदवारी दिएका विश्वकर्माविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।
नेकपा एमालेका उम्मेदवार हिक्मतबहादुर विकले उजुरी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । माओवादी उम्मेदवार विश्वकर्माको नाम समानुपातिक बन्द सूचीमा रहेकाले उनको उम्मेदवारी खारेज हुनुपर्ने उजुरीमा उल्लेख छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशमा महिला, दलित र अन्यतर्फ गरी सत्ता गठबन्धन र नेकपा एमालेका तर्फबाट गरी दुई-दुई जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ पुस २०८०, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभामा आजपनि बजेटमाथि छलफल, अर्थमन्त्री वाग्लेले जवाफ दिने
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभा कार्यसूचीमा प्रवेश नै नगरी स्थगित
दुई वटा विधेयक पारित गर्दै राष्ट्रिय सभा
आज राष्ट्रिय सभाको बैठक बस्दै