काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १४ औँ नगरसभा अन्तिम समयमा आएर स्थगित भएको छ । २६ औँ कार्यपालिका बैठकको निर्णय अनुसार आजबाट नगरसभा बैठक सुरु हुने थियो । तर, अन्तिम समयमा आएर स्थगन भएको हो ।
मेयर बालेन शाहका स्वकीय सचिव भुपदेप शाहले अर्को सूचना जारी नभएसम्मका लागि नगरसभा स्थगित भएको बताए । बजेट तर्जुमा समितिबाट नगरसभा बैठकबारे प्रस्ताव आउँछ । समितिबाट बैठकबारे प्रस्ताव सचिवालयमा आएपछि सचिवालयले नगरसभाको मिति तय गर्ने उनको भनाइ छ ।
काठमाडौँ महानगरले तीन जना कर्मचारीलाई निलम्बन गरेको छ । आफ्नो छोरीलाई करारमा जागिर खुवाउन लागेको भन्दै मेयर शाहले तीन जना कर्मचारीलाई निलम्बन गरेका हुन् ।
उक्त विषयले यति बेला महानगरमा विवाद चर्किएको छ । मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई समेत कार्यालय प्रवेशमा रोक लगाएको छ ।
निलम्बनमा परेका तीन कर्मचारीका बारेमा छानबिन गर्न महानगरको योजना आयोगका उपाध्यक्ष सुमनराज भण्डारीको अध्यक्षतामा कानुनी सल्लाहकार ओमप्रकाश अर्याल र प्रशासन शाखाका अधिकृत प्रवीण प्याकुरेल सदस्य रहेको समिति बनेको छ ।
कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै मेयर साहका सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई निलम्बन गरेको थियो । उक्त विषयले विवाद देखिएपछि नगरसभा बैठक स्थगित गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ पुस २०८०, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको बजेट आज नआउने
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द
काठमाडौं महानगरको वेबसाइटमा अब वायु प्रदूषणको ताजा अवस्था हेर्न सकिने
राजु पाण्डेको निलम्बनपछि महानगरमा तनाव हुने भय, खटाइयो प्रहरी
काठमाडौं महानगरमा विदेशी कुकुर दर्ता गर्न अब २ हजार रुपैयाँ लाग्ने
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह