२० दशमलव ६२ अङ्कले बढ्यो नेप्से, ६ अर्ब ११ करोडको कारोबार ?

सफल खबर संवाददाता

मंगलबार, २४ पुस २०८०, १६ : ३६
२० दशमलव ६२ अङ्कले बढ्यो नेप्से, ६ अर्ब ११ करोडको कारोबार ?

काठमाडौं । मंगलबार नेप्से परिसूचक २०.६२ अंक बढेर २०८०.१२ विन्दुमा पुगेको छ। एक प्रतिशतले बढेको बजारमा सेन्सेटिभ इण्डेक्स ५.६४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८१ अंक बढेको छ।

आज एक करोड ७९ लाख ४९ हजार ५६२ कित्ता सेयर ६ अर्ब ११ करोड ८३ लाख १७ हजार रुपैयाँमा किनबेच भएको छ ।आज १६५ कम्पनीको सेयर मूल्य बढेको छ । ७७ कम्पनीको सेयर मूल्य घट्दा पाँचको स्थिर छ ।

कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कालिका लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, अप्पर सांगे हाइड्रोपावर, त्रिशुली जलविद्युत, मुक्तिनाथ कृषि कम्पनी, हिमालयन रि इन्स्योरेन्स, नेपाल वेयर हाउजिङ्ग, तेह्रथुम पावर र ग्रीन डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस