दोहोरो अंकले घट्याे नेप्से

सफल खबर संवाददाता

आइतबार, २२ पुस २०८०, १५ : ४४
दोहोरो अंकले घट्याे नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से २६.३६ अंकले घटेर दुई हजार २२ दशमलव ९२ विन्दुमा बन्द भएको हो ।                              

त्यस्तै, आज ५ अर्ब २४ करोड १४ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएकामध्ये ८१ कम्पनीको शेयरमूल्य बढेको छ भने १५९ कम्पनीकोे शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आठ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा तेह्रथुम पावर कम्पनी लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था, सिंगटी हाइड्रो इनर्जी लिमिटेड, नेपाल हाइड्रो डेभलपमेन्ट लिमिटेड, माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी र विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस