भरतपुरलाई अर्गानिक बनाउन जैविक कृषि उत्पादन अभियान चलाउँछौँ : प्रमुख दाहाल

सफल खबर संवाददाता

बुधबार, २० भदौ २०७५, ११ : ४७
भरतपुरलाई अर्गानिक बनाउन जैविक कृषि उत्पादन अभियान चलाउँछौँ : प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिकाले जैविक कृषि उत्पादनलाई अभियानको रुपमा अगाडि बढाउने भएको छ । महानगर प्रमुख रेनु दाहालले जैविक कृषि उत्पादनलाई अभियानको रुपमा अगाडि बढाउने प्रतिबद्धता गर्नुभएको छ । 
भरतपुर महानगरपालिका वडा न १४ र नेपाल जनस्वास्थ्य प्रतिष्ठान परियोजनाले आयोजना गरेको समृद्धि आईपीएम कृषक पाठशाला तालिमको समापन कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले कृषिमा जैविक विधी अपनाएर स्वच्छ र गुणस्तरीय उत्पादन गर्न किसानहरूलाई आग्रह गर्नुभएको छ ।
‘रासायनिक मल र मानव स्वास्थ्यलाई हानी पु-याउने विषादीको प्रयोगमा रोक लगाउन भरतपुर महानगरपालिका विसादी प्रयोग नियन्त्रण ऐन निर्माणको चरणमा रहेको छ’ उहाँले भन्नुभयो । ऐन कार्यान्वयनमा आएपछि मानव स्वास्थ्यलाई हानी पु¥याउने विसादीको प्रयोगमा रोक लाग्ने उहाँको भनाइ थियो । 
स्वस्थ र गुणस्तरीय उत्पादनले मात्र स्वस्थ नागरिक, स्वस्थ समाज निर्माण हुन सक्ने बताउँदै त्यस्तो जनशक्तिले राष्ट्रको आवस्यकता परिपूर्ति गर्ने बताउँदै उहाँले विसादीको प्रयोग गरेर जनस्वास्थ्यमाथि खेलवाड गर्ने छुट कोही कसैलाई नभएको उहाँले बताउनुभयो ।  
कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएकी प्रमुख दाहालले भरतपुर महानगरपालिकाले जैविक सुरक्षा, माटो परीक्षण र गुणस्तर वृद्धि, जैविक उत्पादन वृद्धिका साथै कृषिमा यान्त्रीकीकरण गर्दै गुणात्मक उत्पादकत्व वृद्धिमा विशेष कार्यक्रमहरू अगाडि बढाएको बताउनुभयो ।

आईपीएम कृषक पाठशाला शिवनगरका किसानहरुले २२ हप्ताको लामो तालिममा सहभागी भइै जैविक उत्पादन पद्धतिको बारेमा ज्ञान सीप हासिल हासिल गरेका थिए । आफूले सिकेको ज्ञानसीपलाई व्यवहारमा लागू गर्न प्रमुख दाहालले किसानलाई आग्रह गर्नुभएको हो । प्रमुख दाहालले कृषि क्षेत्रलाई महानगरले प्राथमिकतामा राखेको बताउनुभयो । वैसाख १५ देखि भदौ ५ सम्म चलेको आइपीएम तालिममा ३० जना सहभागी थिए । 
प्रशिक्षक रमा ढुड्गानाले कृषकहरूलाई कसरी जैविक विधी अपनाएर फलफूल तरकारी तथा खाद्यान्न बाली उत्पादन गर्न सकिन्छ भन्ने विषयमा पर्याप्त तालिम दिएको बताउनुभयो ।  तालिममा हानिकारक विसादीको प्रयोगमा पूर्णतया अन्त्य गर्ने उद्देश्य राखेर तालिम दिएको बताउनुभयो । 

तालिममा किसानलाई घरेलु विसादीको उत्पादन र प्रयोग, मित्र र सत्रु कीराहरूको पहिचान प्राङ्गारिक मलको उत्पादन र प्रयोग रासायनिक  मलको प्रयोगको अन्त्य, माटो परीक्षण र माटो संरक्षणसम्बन्धी सम्पूर्ण जानकारी दिइएको थियो । 
प्रशिक्षार्थी भरत पोडेलले तालिम अवधीभर जैविक विधिसम्बन्धी महत्वपूर्ण ज्ञान र सीप हासिल गरेको बताउनुभयो ।  सबै किसानहरूले जैविक विधिअनुसार उत्पादन गर्नुपर्ने बताउँदै आफूले २२ हप्ताको तालिममा सिकेका ज्ञान सीपलाई व्यवहारमा परिणत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा भरतपुर महानगरपालिका सामाजिक महासाखा प्रमुख सिर्जना थपलियाले बिसादीको रोकथाम र जैविक पद्धतिको अवलम्बन गर्न समृद्धि आईपीएम पाठयाला सफल हुने बिश्वास व्यक्त गर्नुभयो । 
नेपाल स्वास्थ्य प्रतिष्ठानकी कार्यक्रम निर्देशक सिमृन काफ्लेले आइपीएम पद्दतिलाई अभियानको रूपमा अगडि बढाउनुपर्ने बताउदै समृद्धि आइपीएम कृषक पाठशालाको तालिम अवधिको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो  समानपन कार्यक्रम वडा न १४ का वडाअध्यक्ष ओमप्रकाश पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस