काठमाडौं। लागुऔषध गाँजा मिसाएर केक तयार गरी अनलाइनमार्फत कारोबार गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका २९ घट्टेकुलो बस्ने २६ वर्षीय विशन मानन्धर रहेका छन् ।
उनलाई विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।पक्राउ परेका मानन्धरको साथबाट प्रहरीले गाँजाको धुलो १ सय २१ ग्राम, तयारी अवस्थामा रहेको केकको झोल १७८ ग्राम र गाँजा ३ केजी बरामद गरेको छ ।
प्रहरीका अनुसार उनले आफ्नै घरमा विगत १ वर्षदेखि गाँजा मिसावट गरिएका केकका विभिन्न प्रकारहरू बनाइ अनलाइनमार्फत डेलिभरी गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ पुस २०८०, १४ : ४४
लेखकबाट थप