नेपाल-भारतबीच भएका समझदारी नेपालको आर्थिक विकासमा कोशेढुङ्गा सावित : लोसपा

सफल खबर संवाददाता

आइतबार, २२ पुस २०८०, ११ : २५
नेपाल-भारतबीच भएका समझदारी नेपालको आर्थिक विकासमा कोशेढुङ्गा सावित : लोसपा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठकले चार वटा महत्वपूर्ण विषयमा गरेको समझदारी स्वागतयोग्य रहेको जनाएको छ ।

लोसपाले आज एक विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्री एन पी साउद र भारतका विदेश मन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा सम्पन्न नेपाल९भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको सातौं बैठकले द्विपक्षीय आर्थिक सम्वन्ध, कनेक्टिभिटी, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा र संस्कृति लगाएतको विषयलाई प्रमुखताको साथ छलफल गरिनुको स्वागतयोग्य रहेको जनाएको छ ।

बैठकले हाई इम्प्याक्ट कम्युनिटी डेभलेपमेन्ट प्रोजेक्ट (उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत नेपालको सरकारी संस्था वा अन्य संस्थाहरुबाट स्वीकृत लिएर गर्ने,दीर्घकालिन उर्जा व्यापार गर्ने (१० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने), नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नाष्ट) र न्यू स्पेस इन्डिया लिमिटेड, (एसिल) बीच नेपालले लुनास स्याटलाईटलाई प्रक्षेपण गर्न पोलार स्याटलाईट लन्ज भेहिकल (पीएसएलभी) उपलब्ध गराउने, नवीकरणीय उर्जा प्रवर्धनको सहकार्यको लागि नेपाल विद्युत प्राधिकरण र भारतको एलटीपीसी लिमिटेड बीच समझदारी नेपालको आर्थिक विकासमा कोशेढुङ्गा सावित हुने लोसपाको विस्वास छ । साथै भारत सरकारले भुकम्पपछिको पुनर्निर्माणका लागि १० अरव रुपैयाँ सहायोग गर्ने निर्णय समेत लोसपाले स्वागत योग्य रहेको ठहर गरेको छ ।

प्रतिक्रिया दिनुहोस