काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएको सूचना रद्द गरिएको छ ।
गत शुक्रबार प्रकाशन गरिएको दरखास्त आह्वानसम्बन्धी सूचना २१ पुसको निर्णय अनुसार रद्द गरिएको त्रिविले जानकारी दिएको छ ।
समितिले त्रिविकै कुनै एक पदाधिकारीलाई उपकुलपति बनाउने योजनासहित दरखास्तको व्यहोरा राखेर विज्ञापन खोलेपछि चौतर्फी आलोचना भएको थियो । त्यसपछि प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनको प्रावधान सच्याउन निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको निर्देशनपछि समितिले प्रकाशित विज्ञापन रद्द गरेको छ । अब प्रावधान सच्याएर नयाँ विज्ञापन खोलिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ पुस २०८०, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविको निर्णयविरुद्ध १०त्रिवि संगठन, दलीय संरचना हटाउने निर्देशन फिर्ता लिन माग
त्रिविका हरेक क्याम्पसमा ‘स्मार्ट’ कक्षा सञ्चालन गरिने
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
त्रिविद्वारा अतिक्रमित सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न निर्देशन, अटेरी गरे कानुनी कारवाही अघि बढाउने चेतावनी
यी हुन् त्रिविको दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थी (सूचीसहित)
यस्तो छ त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन (पूर्णपाठ)