पाटन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले हरेक व्यवसायीलाई राज्यले उचित संरक्षण र प्रोत्साहन गर्नुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासङ्घको आज ललितपुरमा आयोजित सातौ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री गुरुङले उद्यमी-व्यवसायीलाई राज्यले संरक्षण गर्ने बताएका हुन् ।“हरेक व्यवसायीलाई राज्यले प्रोत्साहन गर्नुपर्छ, हामी त्यसमा प्रतिबद्ध छौँ,” व्यवसायीका समस्या समाधानका निम्ति आवश्यक कानुन तर्जुमा गर्ने बताउँदै उनले भने ।
ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले व्यवसायीहरूबीच आपसी समन्वय, सहकार्य र एकता कायम गर्नु अपरिहार्य भएको बताए । उनले सबै व्यवसायमा कानुनी अड्चन र करका समस्या समाधानमा राज्यले सघाउनुपर्नेमा जोड दिए ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष तेविन्द्ररत्न शाक्यले क्याटरिङ व्यवसायलाई सेवामूलक व्यवसायका रूपमा अगाडि बनाउन कानुनीतहबाटै सहयोग हुनुपर्ने बताए । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी सङ्घ, ललितपुरका अध्यक्ष हिमकिशोर राईले सामाजिक सुधार ऐन, २०३३ अव्यावहारिक भएको र त्यसलाई खारेज गर्न माग गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ पुस २०८०, १९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी कानुन बन्दै
कानुन, न्याय र मानवअधिकार समितिमा ६ मन्त्री जाँदै
बागमती प्रदेशः ७८ कानुन बनिसक्दा ४७ मूल ऐन भने पारित
वाग्मती प्रदेश सरकारले बनायो ७८ कानुन
दलितका अधिकारसम्बन्धी कानुन बनाउन सरकार उदासीन
सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन पेस गर्न सात दिन म्याद थप