नारायणगढबाट दुई किलो सुन बरामद

सफल खबर संवाददाता

मंगलबार, १९ भदौ २०७५, २० : २२
नारायणगढबाट दुई किलो सुन बरामद

चार किलो चाँदी र १२ लाख नगदसहित एक जना पक्राउ

चितवन । तीन नम्बर प्रदेश र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले मंगलबार नारायणगढ बजारबाट दुई किलो ७६ ग्राम सुन, चार किलो चाँदी र १२ लाख रुपैयाँ नगद बरामद गरेको छ । 
नारायणगढको पुतलीबजारमा रहेको न्यू गणेश सुनचाँदी पसलबाट सुन र  चाँदीसहित पसल सञ्चालकलाई पक्राउ गरिएको स्रोतको दाबी छ । स्रोतका अनुसार, पसलका सञ्चालक भारत घर भएका राजेन्द्र शिवाजी पटेललाई पक्राउ गरिएको छ । सुराकीको आधारमा सुन, चाँदी, नगद र व्यापारीलाई नियन्त्रणमा लिइएको हो । 
जिल्लाका सुनचाँदी व्यवसायीले राष्ट्र बैंकले पर्याप्त सुन नदिएको भन्दै आन्दोलन गरिरहेको बेला अवैधरुपमा जिल्लामा भित्रिएको सुन र चाँदी बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस