एनआईसी एशिया बैंक र गुराँस लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

सफल खबर संवाददाता

मंगलबार, १९ भदौ २०७५, १८ : १५
एनआईसी एशिया बैंक र गुराँस लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता


काठमाडौँ । एन आई सी एशिया बैंक लिमिटेडले गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ  । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएका २ सय ४१ शाखाहरुबाट सहज रुपमा गुराँस लाईफइन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसीहरु खरिदगर्न सक्ने एन आई सी एशिया बैंक जानकारी दिएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले हस्ताक्षर गर्नुभएको छ ।
बैंकले मुलुकभर २ सय ४१ शाखाकार्यालयहरु, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । साथै मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. १८५ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १ सय ५५ अर्ब तथा कर्जा रू. १ सय २८ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस