महालक्ष्मी विकास बैंक र ब्लु क्रस अस्पतालबीच छुट सम्बन्धी यस्तो सम्झौता

सफल खबर संवाददाता

मंगलबार, १९ भदौ २०७५, १७ : २६
महालक्ष्मी विकास बैंक र ब्लु क्रस अस्पतालबीच छुट सम्बन्धी यस्तो सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंक र ब्लु क्रस अस्पतालबीच सेवा शुल्कमा छुट दिने सम्बन्धी सम्झौता भएको छ ।  महालक्ष्मी विकास बैंक लि.ले आफ्ना सरोकारवालालाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले ब्लु क्रस अस्पताल प्रा.लि.सँग गत मंगलबार सेवा शुल्कमा छुट दिने सम्बन्धी सम्झौता गरेको हो ।
सम्झौतापश्चात बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक तथा सेयरधनीहरुले ब्लु क्रस अस्पतालमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउने महालक्ष्मी विकास बैंकले जानकारी दिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका सदस्य सचिव रजत श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ । सम्झौता अनुसार यस किसिमको सहकार्यबाट बैंकका ग्राहक वर्गले उपचार खर्चमा १० प्रतिशत छुट पाउने छन् । यसका साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले अस्पतालको सेवा शुल्कमा क्रमशः १२ प्रतिशत  र १० प्रतिशत  छुट प्राप्त गर्न सक्ने छन् । बैंकले आफ्ना संस्थापक तथा सेयरधनीहरुका लागि भने अस्पतालसँग १२ प्रतिशत छुट दिने सम्झौता गरेको छ ।
देशका ७४ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि.ले आगामी दिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।    

 

प्रतिक्रिया दिनुहोस