जुम्लाको गुठीचौर गाउँपालिकाले पारित गर्‍यो नक्सा पासलगायतका ५ विधेयक

सफल खबर संवाददाता

मंगलबार, १७ पुस २०८०, ११ : ४९
जुम्लाको गुठीचौर गाउँपालिकाले पारित गर्‍यो नक्सा पासलगायतका ५ विधेयक

जुम्ला। जुम्लाको गुठीचौर गाउँपालिकाले सहज ढङ्गले कार्यसम्पादन गर्न विभिन्न पाँचवटा विधेयक पारित गरेको छ ।सभाले भवन निर्माण तथा नक्सापास कार्यविधि, प्राविधिक फिल्ड भत्ता कार्यविधि, भूकम्पीय जोखिम मूल्याङ्क मापदण्ड, खर्च व्यवस्थापन र पोषणमैत्री स्थानीय तह तथा वडा घोषणा कार्यविधि पारित गरेको हो ।

 

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज गिरीका अनुसार सबै नीति, कार्यविधि र विधेयक सर्वसम्मतिले पारित भएका हुन् ।​पालिकाको कार्यसम्पादनलाई छिटो छरितो तथा नागरिकमुखी बनाउन कार्यविधि तथा मापदण्ड पारित गरिएको हो ।

कार्यविधि पारित भएसँगै अब पालिकाबाट नक्सा पास नगरी भवन निर्माण गर्न पाइने छैन । ​

 

 

गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले पालिकाभित्र निर्माण हुने पक्की घर तथा सरकारी कार्यालयको  अनिवार्य रुपमा नक्सा पास हुनुपर्ने  बताए । उनले कार्यविधि कडाइका साथ कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस