विराटनगर । मोरङ्गको सुन्दरहरैचामा हात्ती मृत अवस्थामा फेला परेको छ । सुन्दरहरैचा वडा नम्बर १० मुनाल मार्गमा बिहान जङ्गली हात्ती मृत अवस्थामा फेला परेको हो ।जिल्ला प्रहरी कार्यालय मोरङ्गका प्रहरी प्रवक्ता रञ्जन दाहालले हात्ती मृत फेला परेको बताए ।
उनले हात्ती के भएर मरेको भनेर स्पट नभएको बताए । स्थानीय महेश आचार्यले हात्तीको देब्रे कन्चटमा चोट लागेको देखिएको बताए । १० देखि १२ वर्षको हात्ती मृत फेला परेको हो ।
उनले मृत हात्तीको पुच्छर काटिएको र दाह्रा निकाल्न खोजिएको जस्तो देखिएको बताए । उनले बिहान २ बजेतिर गोली चलेको आवाज सुनेको बताएका छन् ।कोशी प्रदेश वन वातावरण तथा पर्यटन मन्त्रालयका सचिव विशाल घिमिरेले बिहान जङ्गली हात्ती मृत अवस्थामा फेला परेको बताए ।
उनका अनुसार घटना स्थलमा बनका कर्मचारीहरू पुगेका छन् । घटनाको विस्तृत विवरण आउन भने बाँकी रहेको घिमिरेले बताए । उनका अनुसार हात्तीको मृत्यु भएपछि पोष्टमार्टम गर्नु पर्ने व्यवस्था रहेको छ । पोस्टमार्टमका लागि कोशी टप्पु वन्यजन्तु आरक्षबाट विशेषज्ञ सहितको टोली बोलाउने तयारी भए पनि त्यहाँ तत्काल विशेषज्ञ नभएकाले चितवनसँग परामर्श भइरहेको छ । उनले चितवनबाट पोष्टमार्टमाका लागि टोली बोलाइने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ पुस २०८०, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
सडकमा हिँडिरहेका युवकमाथि जंगली हात्तीको आक्रमण
हरेक रात आउने हात्तीको बथानले बाहुनडाँगीमा त्रास
हात्तीको आक्रमणबाट दुई जना घाइते