कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

सोमबार, १६ पुस २०८०, ०७ : ३७
कस्तो रहला आजको मौसम ?

काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

विभागकाअनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ ।यस्तै, तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको विभागले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँक भागमा मौसम सफा रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पछिल्लो समय तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट हुनसक्ने असरबाट बच्न विभागले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस