काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संस्थाको तदर्थ समितिलाई फेरि ६ महिना अवधि थपेको छ । पुस १२ देखि १४ सम्म बसेको केन्द्रीय समिति बैठकले भ्रातृ संस्थाको अवधि ६ महिना थपिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी गराए ।
नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, किसान संघ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लगायतको म्याद पुन थपिएको हो । कांग्रेसका भ्रातृ संस्थाहरुले महाधिवेशन गर्न नसकेपछि भंग गरि तदर्थ समिति बनाएको छ ।
नेविसंघ र तरुण दलको २०७२ र महिला संघले २०७३ सालमा अधिवेशन गरेका थिए । निर्वाचित समितिको अवधि सकिएपछि नेविसंघ, तरुण दल, महिला संघले अधिवेशन गर्न सकेका छैनन् । किसान संघले पहिलो अधिवेशन नै गर्न सकेको छैन । लोकतान्त्रिक आदिवासी जनजाति महासंघले भने आगामी जेठ २६ देखि २८ सम्मका लागि अधिवेशन गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ पुस २०८०, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?