काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी युवा संघका दुईवटा प्रदेश समिति पुनर्गठन भएका छन् । संगठनको लुम्बिनी प्रदेश समिति र कोसी प्रदेश समिति शनिबार पुनर्गठन भएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
इटहरीस्थित कार्यालयमा शनिबार आयोजित भेलाबाट कोसी प्रदेश समितिको अध्यक्षमा टाइसन केरुङ्ग र मुख्यसचिवमा अमिर मगरसहित ३७ सदस्यीय समिति पुनर्गठन भएको छ ।
त्यस्तै लुम्बिनी प्रदेश समिति विकास यादवको अध्यक्षतामा पुनर्गठन गरिएको छ । कपिलवस्तुमा आयोजित भेलाबाट संगठनको २७ सदस्यीय समिति पुनर्गठन गरिएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ पुस २०८०, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने
जसपाले गर्यो विधान संशोधन
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु
कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार्य छैन: जसपा नेपाल
जनमतसहितका विभिन्न पार्टीका नेता-कार्यकर्ता जसपा नेपालमा प्रवेश
जसपा बैठकमा बिषयगत छलफल