भरतपुरबाट पाँच बर्षकी छोरीसहित आमा बेपत्ता !

सफल खबर संवाददाता

मंगलबार, १९ भदौ २०७५, ०८ : १४
भरतपुरबाट पाँच बर्षकी छोरीसहित आमा बेपत्ता !

चितवन । भरतपुर हाकिमचोकबाट ५ वर्षकी छोरीसहित एक महिला बेपत्ता भएकी छन् ।
धादिङको ज्वालामुखी गाउँपालिका ६ कि २५ बर्षकी ज्योति सुवेदी तिमिल्सिना ५ बर्षकी छोरी आर्जना तिमिल्सिनासहित बेपत्ता भएकी हुन् ।

भरतपुर महानगरपालिका १० हाकिमचोकमा डेरा गरेर बस्ने उनीहरु भदौ १२ गते ३ बजे कोठाबाट निस्केको आफन्तले बताएका छन् । उनले अन्तिम पटक बहिनीलाई फोन गरेको र त्यसपछि सम्पर्कविहीन भएको दाइ नगेन्द्र सुवेदीले बताए ।

म्याग्दी माइत भएकी ज्योतिको २०७० सालमा धादिङका नवराज तिमिल्सिनासंग विवाह भएको थियो ।
अनमी पढेकी ज्योति लोकसेवा आयोगको परीक्षाको तयारी र छोरीको पढाइका लागि भन्दै भरतपुर बस्दै आएकी थिइन् । उनका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा छन् ।
परिवारले खोजी गरिदिन भन्दै भदौं १३ गते नै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनले हुलियासहित कतै देखेमा प्रहरी समक्ष सम्पर्क गराउन जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस