दुई आध्यात्मिक पुस्तक एकैसाथ सार्वजनिक

सफल खबर संवाददाता

शनिबार, १४ पुस २०८०, १४ : २४
दुई आध्यात्मिक पुस्तक एकैसाथ सार्वजनिक

काठमाडौं। अध्यात्मदर्शनसम्बन्धी दुई पुस्तक शनिवार एकैसाथ सार्वजनिक भएका छन् । रत्न पुस्तक भण्डारद्वारा प्रकाशित यी पुस्तकमा त्रिपुरा रहश्यम् र योगीराज गणपति स्वामी रहेका छन् ।

यिनमा त्रिपुरा रहह्यम् संस्कृतबाट नेपालीमा श्लोकानुवाद भएका पुस्तक हो भने योगीराज गणपति स्वामी मौलिक लेखन कृति हो, जसका अनुवादक र लेखक लामो समयदेखि अध्यात्मदर्शन साहित्यमा कलम चलाउँदै आएका कमलप्रसाद ढुङ्गाना हुन् ।

त्रिपुरा रहश्यम् तन्त्र साहित्यसम्बन्धी पुस्तक हो । आगम शास्त्रअन्तर्गत पर्ने तन्त्र साहित्यका तीन भेद छन्, जसमा शैव, शाक्त र वैष्णव पर्छन् । यीमध्ये प्रस्तुत पुस्तक शाक्त तन्त्रअन्तर्गत पर्दछ । महर्षि हारितायनद्वारा लिखित यस पुस्तकमा परमहंस शिरोमणि स्वामी दत्तात्रय र ब्राह्मण शिरोमणि परशुरामको संवाद रहेको छ ।

त्यस्तै योगीराज गणपति स्वामी दक्षिण भारतीय सन्यासी शिवरामको जीवनीसम्बन्धी पुस्तक हो । लेखकले यहाँ उनी कहाँ-कहिले जन्मे, वाल्यकाल कसरी बित्यो, कसरी शिवरामबाट गणपति स्वामी बने र के-कस्ता कर्म गरे भन्नेसम्बन्धी कुराहरू उल्लेख गरेका छन् ।  

 

 

प्रतिक्रिया दिनुहोस