काठमाडौँ । आम जनता पार्टीले बालकुमारी घटना खेदजनक रहेको बताएको छ । आज एक विज्ञप्ति जारी गर्दै सो पार्टीका अध्यक्षले राज्यको बेतिथिबाट पीडित भएका युवाहरू आफ्नो हकका लागि आन्दोलन गर्दा युवकमाथि गोली प्रहार भएकोप्रति पार्टीको ध्यानाकर्षण भएको जनाका छन् ।
विज्ञप्तिमा भनिएको छ–'अन्यायमा परेका बेरोजगार युवाहरूलाई प्रोत्साहन गर्नुको सट्टा सरकारले गोलीको सिकार बनाउनु खेदजनक हो । यस दुःखद घटनाको जति भर्त्सना गरे कमै हुन्छ ।
मन्त्रीको गाडीमा आगलागी गरे बापत ज्यान लिनु पर्ने घटनाले सरकार निरंकुशताको पथमा अग्रसर रहेको र पार्टीका राजाहरूको मति भ्रष्ट भएको पुष्टि गर्दछ।अध्यक्ष शाहले पीडित परिवारलाई तत्काल राहत स्वरूप आवश्यक क्षेतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ पुस २०८०, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रभु साह नेतृत्वको आजपाले जेठ १५ गते सिंहदरवार घेर्ने
आजपाले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा
प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता
भ्रष्टाचारविरुद्ध आजपाले वीरगन्जमा खबरदारी सभा गर्दै
आजपाले सरकारविरुद्ध काठमाडौँमा प्रदर्शन गर्ने
मधेसमा शिक्षकको माग गर्दै विद्यार्थी सडकमा