काठमाडौँ । आम जनता पार्टीले बालकुमारी घटना खेदजनक रहेको बताएको छ । आज एक विज्ञप्ति जारी गर्दै सो पार्टीका अध्यक्षले राज्यको बेतिथिबाट पीडित भएका युवाहरू आफ्नो हकका लागि आन्दोलन गर्दा युवकमाथि गोली प्रहार भएकोप्रति पार्टीको ध्यानाकर्षण भएको जनाका छन् ।
विज्ञप्तिमा भनिएको छ–'अन्यायमा परेका बेरोजगार युवाहरूलाई प्रोत्साहन गर्नुको सट्टा सरकारले गोलीको सिकार बनाउनु खेदजनक हो । यस दुःखद घटनाको जति भर्त्सना गरे कमै हुन्छ ।
मन्त्रीको गाडीमा आगलागी गरे बापत ज्यान लिनु पर्ने घटनाले सरकार निरंकुशताको पथमा अग्रसर रहेको र पार्टीका राजाहरूको मति भ्रष्ट भएको पुष्टि गर्दछ।अध्यक्ष शाहले पीडित परिवारलाई तत्काल राहत स्वरूप आवश्यक क्षेतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ पुस २०८०, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आम जनता पार्टीले देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने
प्रभु साह नेतृत्वको आजपाले जेठ १५ गते सिंहदरवार घेर्ने
आजपाले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा