काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा माथि काठमाडौँ जिल्ला अदालतमा आज पनि सुनुवाइ हुने भएको छ ।
बिहीबार बहस नटुङ्गिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।
हिजो मुरारी सापकोटा, अधिवक्ता रोशनी पौडेल तथा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठलगायतले बहस गरेका थिए ।
रमणकुमार श्रेष्ठको बहस नसकिएकाले आज पनि रमणले नै बहसको सुरुवात गर्नेछन् । रमणपछि अधिवक्ता रामेश्वर न्यौपाने र सरोजकृष्ण घिमिरेले बहस गर्ने तयारी गरेका छन् ।
आइतबारदेखि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइमा वादी नेपाल सरकार र जाहेरवालीको तर्फबाट बुधबारसम्म १० जनाले बहस गरेका थिए ।
प्रतिवादीतर्फबाट पनि बहस सकिए मुद्दामाथिको सुनुवाइ आज नै टुङ्ग्याउने तयारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ पुस २०८०, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीप लामिछाने बीपीएल खेल्न बंगलादेशमा
सन्दीप लामिछाने ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त
क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिए सन्दीप
सन्दीप लामिछानेले पीएम कप नखेल्ने