सन्दीप लामिछानेको मुद्दा बिहीबार पनि हेर्दाहेर्दैमा

सफल खबर संवाददाता

विहीबार, १२ पुस २०८०, १६ : ३६
सन्दीप लामिछानेको मुद्दा बिहीबार पनि हेर्दाहेर्दैमा

काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको मुद्दाको सुनुवाइ नसकिएपछि बिहीबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइमा प्रतिवादीकै तर्फबाट बयान नसकिएपछि मुद्दालाई बिहीवार पनि हेर्दाहेर्दैमा राखिएको हो ।

 

आइतवारदेखि अन्तिम सुनुवाइ शुरू भएको मुद्दामा बिहीवार आदेश आउन सक्ने अपेक्षा थियो ।प्रतिवादीको बहस नसकिएको र जवाफी बहस समेत बाँकी नै रहेको अवस्थामा शुक्रवार पुन: सुनुवाइ हुनेछ ।लामिछानेमाथि नाबालिक बलात्कारको अभियोग छ ।