काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको मुद्दाको सुनुवाइ नसकिएपछि बिहीबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइमा प्रतिवादीकै तर्फबाट बयान नसकिएपछि मुद्दालाई बिहीवार पनि हेर्दाहेर्दैमा राखिएको हो ।
आइतवारदेखि अन्तिम सुनुवाइ शुरू भएको मुद्दामा बिहीवार आदेश आउन सक्ने अपेक्षा थियो ।प्रतिवादीको बहस नसकिएको र जवाफी बहस समेत बाँकी नै रहेको अवस्थामा शुक्रवार पुन: सुनुवाइ हुनेछ ।लामिछानेमाथि नाबालिक बलात्कारको अभियोग छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ पुस २०८०, १६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लंका प्रिमियर लिगमा सन्दीप लामिछाने जाफ्ना किङ्समा अनुबन्धित
एकदिवसीय खेलमा सन्दीपको नयाँ कीर्तिमान, ७३ खेलमा लिए १५० विकेट
सन्दीप लामिछाने बीपीएल खेल्न बंगलादेशमा
सन्दीप लामिछाने ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त