काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आज ‘लाइभ’ नहुने भएको छ । पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्राविधिक कारण आजको बैठक लाइभ नहुने बताए ।
कांग्रेसले साउन र असोजमा भएको केन्द्रीय समिति बैठक फेसबुक पेजमा लाइभ गरिएको थियो । कांग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।विश्वकर्माका अनुसार बैठकमा सरकारको एक वर्षको समीक्षा हुने छ । त्यस क्रममा पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्यसम्पादनको समेत समीक्षा हुने उनले बताए ।
बैठकमा कांग्रेसबाट सरकारमा गएका मन्त्रीले आफूले गरेका कामको बिफ्रिङ गर्ने छन् । केन्द्रीय समिति बैठक त्यसमाथि केन्द्रित हुने बुझिएको छ । बैठकले राष्ट्रियसभा उम्मेदवार छनोटको मापदण्ड बनाउने महामन्त्री गगन थापा बताउँछन् । आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनमा केन्द्रीय कार्यसमितिले बनाएको मापदण्डका आधारमा उम्मेदवार छनोट गरिने छ । प्रदेश कार्यसमितिले पठाएको सिफारिसअनुसार संसदीय बोर्डबाट उम्मेदवार चयन हुने थापाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ पुस २०८०, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसभित्रको आन्तरिक विवाद : देउवा पक्षद्वारा अनुसन्धानात्मक प्रक्रिया रोक्न माग
काँग्रेसद्वारा तीन मन्त्रीसहित सात प्रदेश सांसदसँग स्पष्टीकरण माग
शेखर कोइरालाले बोलाए बागमती प्रदेशस्तरीय छुट्टै भेला
अर्थमन्त्रीले सार्वजनिक गरेका सूचकांकले नकारात्मक आर्थिक भाष्यलाई चुनौती दिएको काँग्रेसको दाबी
काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता
संसद् छलेर अध्यादेश ल्याउने कदम लोकतन्त्रको लागि मर्यादित होइन : कांग्रेस