काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आज ‘लाइभ’ नहुने भएको छ । पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्राविधिक कारण आजको बैठक लाइभ नहुने बताए ।
कांग्रेसले साउन र असोजमा भएको केन्द्रीय समिति बैठक फेसबुक पेजमा लाइभ गरिएको थियो । कांग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।विश्वकर्माका अनुसार बैठकमा सरकारको एक वर्षको समीक्षा हुने छ । त्यस क्रममा पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्यसम्पादनको समेत समीक्षा हुने उनले बताए ।
बैठकमा कांग्रेसबाट सरकारमा गएका मन्त्रीले आफूले गरेका कामको बिफ्रिङ गर्ने छन् । केन्द्रीय समिति बैठक त्यसमाथि केन्द्रित हुने बुझिएको छ । बैठकले राष्ट्रियसभा उम्मेदवार छनोटको मापदण्ड बनाउने महामन्त्री गगन थापा बताउँछन् । आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनमा केन्द्रीय कार्यसमितिले बनाएको मापदण्डका आधारमा उम्मेदवार छनोट गरिने छ । प्रदेश कार्यसमितिले पठाएको सिफारिसअनुसार संसदीय बोर्डबाट उम्मेदवार चयन हुने थापाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ पुस २०८०, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
पुस ११ भित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण पठाइसक्न काँग्रेसको परिपत्र