काठमाडौँ । काठमाडौँ र काभ्रेपलाञ्चोकबाट जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् । बुधवार साँझ प्रहरीले १५ जना जुवाडेलाई पक्राउ गरेको हो ।
काठमाडौँ महानगरपालिका–१५ डल्लुस्थित श्री रिच इन्भेष्टमेन्ट कम्पनी प्रालिको कार्यालय कोठामा जुवातास खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका–२ ठूलो भर्याङ बस्ने ४५ वर्षीय सुरेन्द्र महर्जन समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १५ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
त्यस्तै काभ्रेको पनौति नगरपालिका–४ ठाडोबाटोस्थित श्री लक्ष्मी काठ फर्निचरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ बस्ने २४ वर्षीय शान्तप्रसाद तिमिल्सिना समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १६ हजार ७ सय ५ रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ पुस २०८०, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ
स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ
ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ
रौतहटमा २२ जना फरार प्रतिवादी पक्राउ