काठमाडौँ । काठमाडौँ र काभ्रेपलाञ्चोकबाट जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् । बुधवार साँझ प्रहरीले १५ जना जुवाडेलाई पक्राउ गरेको हो ।
काठमाडौँ महानगरपालिका–१५ डल्लुस्थित श्री रिच इन्भेष्टमेन्ट कम्पनी प्रालिको कार्यालय कोठामा जुवातास खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका–२ ठूलो भर्याङ बस्ने ४५ वर्षीय सुरेन्द्र महर्जन समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १५ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
त्यस्तै काभ्रेको पनौति नगरपालिका–४ ठाडोबाटोस्थित श्री लक्ष्मी काठ फर्निचरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ बस्ने २४ वर्षीय शान्तप्रसाद तिमिल्सिना समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १६ हजार ७ सय ५ रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ पुस २०८०, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ
ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेन-जी रेड फोर्सकी संयोजक पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध