भुटानी शरणार्थी नेता टेकनाथ रिजाल थुनामुक्त

सफल खबर संवाददाता

विहीबार, १२ पुस २०८०, ११ : ४१
भुटानी शरणार्थी नेता टेकनाथ रिजाल थुनामुक्त

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल थुनामुक्त भएका छन् ।

उनलाई १५ मंसिरमा उच्च अदालत पाटनले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर, धरौटी रकम बुझाउन नसक्दा डिल्लीबजारस्थित केन्द्रीय कारागारमा रहेका उनी धरौटी बुझाएपछि बुधबार रिहा भएका हुन् ।

काठमाडौँ जिल्ला अदालतमा आइतबार बेलुकी धरौटी रकम बुझाएका उनलाई बिदा भएका कारण हिजो बुधबार मात्रै रिहा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस