आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता

सफल खबर संवाददाता

बुधबार, ११ पुस २०८०, १३ : २०
आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता

काठमाडौँ। नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे" र एजुकेशन पार्कबिच आइ.ई.एल.टि.एस र पि.टि.ई. को तयारी कक्षामा ५०% छुट दिने सम्झौता भएको छ । 

उक्त सम्झौताअनुसार सिभिल मलमा रहेको एजुकेशन पार्कमा आइ.ई.एल.टि.एस र पि.टि.ई. को तयारी कक्षा लिन इच्छुक विद्यार्थीले आईएमई पे मार्फत कक्षाको शुल्क भुक्तानी गर्दा सो छुट प्राप्त गर्न सक्नेछन् ।

पौष ६ बाट लागु भएको सो योजनाको अवधि तीन महिनाको हुनेछ । आइ.ई.एल.टि.एस र पि.टि.ई. कक्षामा अग्रणी एजुकेशन पार्क र नेपालको पहिलो भुक्तानी प्रदायक आईएमई पे बीचको यो योजनाले सो कक्षा लिन चाहने विद्यार्थीहरुलाई अझ सहज हुने कुरामा दुबै कम्पनीले विश्वास लिएका छन् । 

प्रतिक्रिया दिनुहोस