ढोरपाटन (बागलुङ) । राष्ट्रपति रामचन्द्र पौडेलले आज बागलुङ कालिका भगवती मन्दिरमा पूजाआराधना गरेका छन् । सातौं बागलुङ महोत्सव उद्घाटनका लागि बागलुङ पुगेका राष्ट्रपति पौडेलले कालिका मन्दिरको दर्शन गर्नुका साथै पूजाआराधाना गरेका हुन् ।
मन्दिरका मूल पुजारी जयबहादुर खड्काबाट करिब २० मिनेट पूजा आराधनापछि राष्ट्रपति पौडेललाई कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले सम्मान पत्र र मायाको चिनो प्रदान गरेका छन् ।
राष्ट्रपति नेपाली सेनाको हेलिकप्टरबाट बिहान १० बजे बागलुङ बजार पुगेका थिए । राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल लगायतको टोलीले स्वागत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ पुस २०८०, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ’: राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग अस्ट्रेलियाका राजदूत जोनस्टनको बिदाइ भेट
४ देशका राजदूतद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छ: राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेल स्वेदश फर्किए