ढोरपाटन (बागलुङ) । राष्ट्रपति रामचन्द्र पौडेलले आज बागलुङ कालिका भगवती मन्दिरमा पूजाआराधना गरेका छन् । सातौं बागलुङ महोत्सव उद्घाटनका लागि बागलुङ पुगेका राष्ट्रपति पौडेलले कालिका मन्दिरको दर्शन गर्नुका साथै पूजाआराधाना गरेका हुन् ।
मन्दिरका मूल पुजारी जयबहादुर खड्काबाट करिब २० मिनेट पूजा आराधनापछि राष्ट्रपति पौडेललाई कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले सम्मान पत्र र मायाको चिनो प्रदान गरेका छन् ।
राष्ट्रपति नेपाली सेनाको हेलिकप्टरबाट बिहान १० बजे बागलुङ बजार पुगेका थिए । राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल लगायतको टोलीले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ पुस २०८०, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ राष्ट्रपति पौडेलले राष्ट्रका नाममा गरेको सम्बोधनको पूर्णपाठ
सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेल जापानमा
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण