काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान मस्यौदा समितिले काम थालेको छ । बिहीबार बसेको पदाधिकारी बैठकले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने गरी मस्यौदा समिति गठन गरेको थियो ।
समितिको पहिलो बैठक हिजो बसेको समितिका सदस्य तथा उपमहासचिव गिरिराजमणि पोखरेलले बताए । उनले भने- हिजो हाम्रो समितिको पहिलो बैठक बस्यो। हिजो हामीले प्रारम्भिक छलफल मात्रै गर्यौँ । भोलि बस्ने अर्को बैठकले विधानलाई कसरी व्यवस्थापन गरेर जान सकिन्छ भन्नेबारे विस्तृतमा छलफल गर्छौँ ।
पार्टी पदाधिकारी र केन्द्रीय कमिटीलाई पनि सानो र व्यवस्थित बनाउनेबारे विधानमा उल्लेख हुने उनले बताए ।माओवादीमा अहिले केन्द्रीय सदस्य ३८५, वैकल्पिक केन्द्रीय सदस्य १९९ रहेका छन् । केन्द्रीय कमिटीबारे प्रश्न उठेपछि विधान समितिले व्यवस्थित बनाउने गरी मस्यौदा तयार पार्न लागेको हो ।
समितिलाई १५ दिनभित्र मस्यौदा तयार पार्ने गरी जिम्मेवारी दिएको छ । समितिले तयार पारेको मस्यौदालाई जिल्ला तहमा एक महिनासम्म छलफल गरेर फागुनमा हुने सम्मेलनबाट पूर्णता दिने माओवादीको तयारी छ ।
उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा गठित समितिमा महासचिव देव गुरूङ, उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेल, सचिवद्वय गणेश साह र राम कार्की छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ पुस २०८०, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु