केही नेपाल ऐन संशोधन विधेयकमाथिको छलफल स्थगित

सफल खबर संवाददाता

आइतबार, ०८ पुस २०८०, १२ : ३४
केही नेपाल ऐन संशोधन विधेयकमाथिको छलफल स्थगित

काठमाडौं । केही नेपाल ऐन संशोधन विधेयकमाथिको छलफल स्थगित भएको छ । संसदको कानून न्याय तथा मानव अधिकार समितिमा आज उक्त विधेयकमाथि छलफल गर्ने तय भएको थियो ।

आजको छलफलका संधोशन दर्ता गराएका २० जनालाई बोलाइएको थियो । तर,  एकैपटक बोलाउनु पर्ने र आजको बैठक स्थगित गर्नुपर्ने संसोधनकर्ताले माग गरेपछि छलफल स्थगित भयो ।

समिति सभापति विमला सुवेदीका अनुसार आज २० जनालाई उपस्थित हुन भनिएको थियो । यो विधेयकमा ६२ जना सांसदको संसोधन परेको छ ।

प्रतिक्रिया दिनुहोस