बारा। बारामा गएराति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गएराति करिब १२ बजेर १० मिनेटको समयमा प्रसौनी गाउँपालिका वडा नम्बर २ स्थित दुधौरा खोला पुलमा कलैयाबाट वीरगन्जतर्फ जादै गरेको म.प्र.०३–०३०–प ४३९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
पुलको बाँया साइडको पिलरमा मोटरसाइकल ठोकिएपछि कलैया उपमहानगरपालिका वडा नम्बर १३ का कुन्दन मेहता खत्री र वडा नम्बर १२ सितलपुर बस्ने अभिमनु कुशवाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ पुस २०८०, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु, १ घाइते
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, २ घाइते
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते