काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले पश्चिम रुकुमका भूकम्प प्रभावितका लागि हालसम्म १६ वटा अस्थायी टहरा निर्माण गरेको छ । सशस्त्र प्रहरी बलले चौरजहारी नगरपालिकामा ९ र त्रिबेणी गाउँपालिकामा ७ वटा अस्थायी टहरा निर्माण गरेको हो ।
विशेषगरी एकल महिला, अपांगता भएका, बृद्धअवस्थाका, बिरामी, विपन्न र सुत्केरीको वर्ग विभाजनगरी उनीहरू लक्षित अस्थायी आवास निर्माण गरिएको हो ।
यसअनुसार एकल महिलाको लागि ५, अपांगता भएकाको ४ , बृद्धअवस्थाको ३, बिरामीको ३ र विपन्न तथा सुत्केरीको लागि १/१ वटा अस्थायी आवास निर्माण सम्पन्न भएका सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार अस्थायी आवास निर्माणका लागि गत मंसिर २८ गतेबाट सशस्त्र प्रहरी बलको फौज चौरजहारी नगरपालिका र त्रिबेणी गाउँपालिकामा अस्थायी रूपमा बस्ने गरी तैनाथ गरिएको छ ।यसका साथै जिल्लाको आठबिसकोट नगरपालिका र सानिभेरी गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि छिटै फौज परिचालन गरिने छ ।
यसैगरी मुसिकोट नगरपालिकामा समेत स्थानीय जनप्रतिनिधि र जिल्ला विपद् व्यवस्थापन समितिसँगको आवश्यक समन्वयमा अस्थायी आवास निर्माणमा सहयोग आवश्यक पर्ने भूकम्प पीडितको पहिचान गरी फौज परिचालन गर्ने योजना रहेको छ ।
यता भूकम्प प्रभावित जिल्ला जाजरकोटमा पनि आश्रीत गुल्म जाजरकोटले अस्थायी पाल जडान गर्ने, भत्किएका विद्यालय तथा स्थानीयको घरको भग्नाबशेष हटाउने तथा चर्किएको घरहरू भत्काउने कार्यलाई तिब्रता दिएको थापाले बताए ।
जसअन्तर्गत डिजास्टर रिलिफ सिस्टम १० सहित ८५ वटा पाल जडान गरिएका छन् । यस्तै भेरी नगरपालिकामा १ सय, नलगाड नगरपालिकामा १ सय १८ र कुशे गाउँपालिकामा २५ स्थानका भग्नाबशेष हटाइएका छन् । चर्किएका ८ वटा घर समेत भत्काइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ पुस २०८०, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्रले पनि चलायो काठमाडौँमा नि:शुल्क बस
सशस्त्रको विशेष सर्कुलर, सीमा क्षेत्रमा उच्च सतर्कता
सशस्त्र प्रहरीमा २८ जना इन्सपेक्टरका लागि दरखास्त आह्वान
सशस्त्रका ६४० जवानलाई सहायक हवल्दारमा बढुवा गर्न सिफारिस (सूचीसहित)
सशस्त्रमा इन्सपेक्टरदेखि भान्सेसम्मका लागि खुल्यो जागिर
सशस्त्रका ४ डीआईजीको म्याद थप्ने प्रस्ताव मन्त्रिपरिषदमा