स्थापना दिवस मनाउँदै बार एसोसिएसन

सफल खबर संवाददाता

शनिबार, ०७ पुस २०८०, १० : २२
स्थापना दिवस मनाउँदै बार एसोसिएसन

काठमाडौं ।  कानून व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले शनिबार स्थापना दिवस मनाउँदैछ। ‘स्वतन्त्र न्यायपालिका, प्रविधिमैत्री सेवा : सक्षम कानुन व्यवसायी, पेशागत मर्यादा’ नाराका साथ ६८ औँ दिवस मनाउन लागेको हो।

दिवसका अवसरमा एसोसिएसनले शुभकामना आदान–प्रदान तथा चियापानको कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम काठमाडौंको रामशाहपथस्थित बार एसोसियसनको प्राङ्गणमा बिहान शुरु हुने महासचिव अधिवक्ता अञ्जिता खनालले जानकारी दिइन्।

सोसिएशनले प्रत्येक वर्ष पुस ७ गते स्थापना दिवस अर्थात् ‘बार डे’ का अवसरमा चियापन कार्यक्रम गर्दै आएको छ। २०१३ साल पुस ७ गते स्थापना भएको नेपाल बार एसोसियसन हाल देशभरका ८३ भन्दा बढी बार एकाइको साझा संगठन बनेको छ।

हाल २१ हजारभन्दा बढी कानून व्यवसायीले व्यावसायिक प्रमाणपत्र लिएका छन्। 

प्रतिक्रिया दिनुहोस